यस सरकारी रेडियोग्राफी संघ, नेपाल (Go-RAN) द्वारा धौलागिरी अस्पताल, बाग्लुङ्गमा संचालनमा आउन लागेको सिटि स्क्यान सेवा तथा सो अस्पतालद्वारा मिति २०८०/४/२५ गते प्रकाशित ” कर्मचारी आवश्यकता सम्बन्धी सुचना” का सम्बन्धमा त्रुटिपूर्ण सूचनालाई सच्याइ प्रचलित नियमानुसार रेडियोग्राफी टेक्नोलोजीष्ट ( रेडियोग्राफी अधिकृत), सातौं तह, न्युनतम शैक्षिक योग्यता रेडियोग्राफी विषयमा स्नातक तह उत्तिर्ण गरि सम्बन्धीत काउन्सिलमा दर्ता भएको हुनुपर्ने सम्बन्धमा यस संघले गराएको ध्यानाकर्षणको धौलागिरी अस्पतालबाट सम्बोधन भएको व्यहोरा सम्बधित सम्पूर्णलाई अवगत गराउदछौ।
विषयको गाम्भिर्यता र रेडियोग्राफी पेशाको महत्त्व एवं विशिष्टतालाई समय मै मनन गरि तुरुन्तै सूचनामा सुधार गरिदिनुभएकोमा धौलागिरी अस्पताल, बागलुङ्ग तथा सकारात्मक हस्तक्षेप एवं समन्वयकारी भुमिका खेलिदिनुभएकोमा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिव डा. विनोद विन्दु शर्मा सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत यस्तै प्रकारको सहयोग एवं समन्वयको अपेक्षा गर्दछौं।धन्यवाद!